Card Image

भक्तपुर । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत भक्तपुर जिल्ला निर्वाचन क्षेत्र नं. १ र क्षेत्र नं. २ का लागि विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूले मनोनयनपत्र दर्ता गराएका छन्।

निर्वाचन आयोग अन्तर्गत निर्वाचन अधिकृतको कार्यालय भक्तपुरका अनुसार मनोनयन दर्ता प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएको हो।

DSC09033 copy

भक्तपुर क्षेत्र नं. १ मा २५ जना उम्मेदवार

क्षेत्र नं. १ बाट २५ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। दर्ता भएका उम्मेदवारहरू यसप्रकार छन्:

  • इश्वरी प्रसाद पैयानी — राष्ट्रिय जनमोर्चा

  • किरण न्यौपाने — नेपाली काँग्रेस

  • चन्द्र मान कोजू — नेपाल कम्युनिस्ट पार्टी (माओवादी)

  • दशरथ थापा — स्वतन्त्र

  • दामोदर काफ्ले — नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)

  • दीपक कुमार पोखरेल — नेपालका लागि नेपाली पार्टी

  • देवेन्द्र ठाकुर — आम जनता पार्टी

  • पुण्यराम सुवाल — स्वतन्त्र

  • प्रेम सुवाल — नेपाल मजदुर किसान पार्टी

  • बालकृष्ण खाइतु — स्वतन्त्र

  • विष्णु हरि न्हिसुतु — श्रम संस्कृति पार्टी

  • भरत बहादुर खड्का — राष्ट्रिय प्रजातन्त्र पार्टी

  • रवि खाहजु — प्रगतिशील लोकतान्त्रिक पार्टी

  • रमेश वल्ल — उज्यालो नेपाल पार्टी

  • राजु श्रेष्ठ — स्वतन्त्र

  • राजेश्वरी प्रजापती — स्वतन्त्र

  • रुकेश रञ्जित — राष्ट्रिय स्वतन्त्र पार्टी

  • विष्णु राम दुमरु — स्वतन्त्र

  • श्यामसुन्दर शिल्पकार — जनता समाजवादी पार्टी, नेपाल

  • साबित्री न्यौपाने — मितेरी पार्टी नेपाल

  • सुजिता बुढाथोकी — स्वतन्त्र

  • सुदिप न्यौपाने — स्वतन्त्र

  • सुरेश कोजू — स्वतन्त्र

  • सोम प्रसाद मिश्र — नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)

  • हरिराम लबजू — नेपाल कम्युनिष्ट पार्टी

  • PXL 20260120 070939637.RAW 02.ORIGINAL copy

भक्तपुर क्षेत्र नं. २ मा ३२ जना उम्मेदवार

क्षेत्र नं. २ बाट ३२ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। उनीहरू यसप्रकार छन्:

  • अनिता भट्टराई — स्वतन्त्र

  • अर्चना भट्टराई — स्वतन्त्र

  • अर्जुन बासु — श्रम संस्कृति पार्टी

  • आनन्द कार्की — स्वतन्त्र

  • ओमकृष्ण कुतु — स्वतन्त्र

  • कविर राणा — नेपाली काँग्रेस

  • जन्मदेव जैसी — प्रगतिशील लोकतान्त्रिक पार्टी

  • जानुका पाठक — नेपाल जनसेवा पार्टी

  • जितराम लामा — उज्यालो नेपाल पार्टी

  • देवकुमारी साह — आम जनता पार्टी

  • नबिन श्रेष्ठ — जनता समाजवादी पार्टी, नेपाल

  • नविन कुमार महत — स्वतन्त्र

  • पेम्बा घले — मंगोल नेशनल अर्गनाइजेसन

  • प्रकाशराज हुङ्गेल — नेपाल कम्युनिस्ट पार्टी (माओवादी)

  • प्रदिप कुमार रुपाखेती — स्वतन्त्र

  • विक्रम थापा — राष्ट्रिय प्रजातन्त्र पार्टी

  • मधु प्रकाश साहुखल — स्वतन्त्र

  • मनोज लामा — स्वतन्त्र

  • महेश बस्नेत — नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)

  • रमेश वैद्य — नेपाल मजदुर किसान पार्टी

  • राकेश श्रेष्ठ — त्रिमूल नेपाल

  • राजीव खत्री — राष्ट्रिय स्वतन्त्र पार्टी

  • राजेश बाडे — नेपालका लागि नेपाली पार्टी

  • राम प्रसाद सापकोटा — नेपाली कम्युनिष्ट पार्टी

  • रेणु श्रेष्ठ — स्वतन्त्र

  • लक्ष्मी वास्तोला पोडेल — स्वतन्त्र

  • लोककृष्ण दाहाल — नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)

  • बालकृष्ण थापा — स्वतन्त्र

  • श्यामकृष्ण धुख्व — स्वतन्त्र

  • सविन महत — स्वतन्त्र

  • साजन ढकाल — स्वतन्त्र

  • सुवर्ण थापा — स्वतन्त्र

निर्वाचन अधिकृतको कार्यालयका अनुसार आगामी दिनहरूमा उम्मेदवारको नामावली प्रकाशन, दाबी–विरोध र अन्तिम नामावली प्रकाशनको प्रक्रिया अगाडि बढाइनेछ।

Share :