Card Image

मध्यपुर थिमी,नेपाल संवत् ११४६ कछलाथ्वः चतुर्दसि कार्तिक १८ 

मध्यपुर थिमि नगरपालिका वडा नं ९ मा अवस्थित ऐतिहासिक श्री नीलबाराही क्षेत्र संरक्षणका लागि स्थानीयवासीले मंगलबार दवावमूलक आन्दोलन गरे ।

n7

सरोकारवाला जनसमुदायको नेतृत्वमा आयोजित जुलुश नगरपालिका गेटसम्म पुगेको थियो । आन्दोलनको नेतृत्व वडा नं ९ का वडा अध्यक्ष सानुकाजी राजबाहकले गरेका थिए । कार्यक्रममा सहभागी स्थानीयले दुई सयभन्दा बढी हस्ताक्षर संकलन गरी तत्काल योजना कार्यान्वयन गर्न माग गर्दै मेयर सुरेन्द्र श्रेष्ठ, उपमेयर विजयकृष्ण श्रेष्ठ तथा प्रमुख प्रशासकीय अधिकृतलगायत नगरप्रमुखहरुलाई मागपत्र बुझाए ।

n8

स्थानियहरुले दिनभर नगरपालिका गेट अगाडि नाराजुलुश गर्दै ऐतिहासिक नीलबाराही क्षेत्र जोगाउने काम तत्काल सुरु गर्न आग्रह गरे । उनीहरूले लामो समयदेखि पहिरोको जोखिममा रहेको यस क्षेत्रको संरक्षण योजना तत्काल कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए ।

n5

उक्त योजनाको कार्यान्वयनमा ढिलाइ हुनुको कारण जनसरोकार समितिको अवरोध रहेको बताइएको छ । समितिले स्थानीयसँग समन्वय नगरी एकतर्फी रूपमा काम अघि बढाएको भन्दै केही समूहले विरोध जनाउँदै आएका छन् । सोमबार राति पनि ठेकेदार पक्षले कार्यस्थलमा ढुंगा खसाल्ने प्रयास गर्दा केही युवाहरूले अवरोध गरेको स्थानीय स्रोतले जनाएको छ ।

n6

मागपत्र बुझ्दै मेयर श्रेष्ठले भने, “नीलबाराही क्षेत्र जोगाउन आएको बजेट फिर्ता पठाउन दिने छैनौं, काम जसरी पनि थाल्छौं।”
त्यस्तै, उपमेयर विजयकृष्ण श्रेष्ठले पनि कुनै हालतमा योजना कार्यान्वयन गरी नीलबाराही क्षेत्र संरक्षण गर्ने प्रतिबद्धता जनाए ।

n3

स्थानियहरूले भने ऐतिहासिक, सांस्कृतिक र धार्मिक दृष्टिले महत्वपूर्ण नीलबाराही क्षेत्रको संरक्षण कार्य अब ढिलो नगरी सुरु गर्न नगरपालिकासँग जोडदार माग गरेका छन् ।

n4

n2

Share :