Card Image

मध्यपुर थिमि, बैशाख १४ ।
नेपाल संवत ११४६ बछलाथ्वः एकादशी (मोहनी एकादशी) का अवसरमा आज सोमबार मध्यपुर थिमि नगरपालिका वडा नं. ५, चोडे टोलमा श्रद्धापूर्वक सत्यनारायणको मूर्ति स्थापना गरिएको छ ।

स्थानीय बुद्धि कुमार कमि श्रेष्ठको विशेष सक्रियता र व्यवस्थापनमा चोडे टोलस्थित ऐतिहासिक निलवरन गणेश मन्दिर अगाडिको पाटीमा भगवान् सत्यनारायणको मूर्ति स्थापना गरिएको हो । २०८३ साल बैशाख १४ गते परेको यस पावन दिनमा मूर्ति स्थापनासँगै विशेष धार्मिक अनुष्ठान समेत सम्पन्न भएको छ ।

मूर्ति स्थापनाको अवसरमा आयोजित कार्यक्रममा सत्यनारायणको व्रत पूजा, विधिवत् कथा वाचन तथा भजन कीर्तन गरिएको थियो । सो धार्मिक कार्यक्रममा स्थानीय ३१ जना व्रतालुहरूले सामूहिक रूपमा सत्यनारायणको व्रत बसी पूजा अर्चना गरेका थिए ।

चोडे टोलमा आयोजित उक्त कार्यक्रममा भक्तजनहरूको बाक्लो उपस्थिति रहेको थियो । भजन कीर्तन र कथा वाचनले थिमि क्षेत्रको वातावरण भक्तिमय बनेको थियो ।

Share :