Card Image

भक्तपुर, २ जेठ २०८३
स्वस्थ समाज र स्वस्थ समुदाय निर्माण गर्ने उद्देश्यका साथ भक्तपुरको कमलविनायकमा करिब ४ करोड ५० लाख रुपैयाँको लगानीमा अत्याधुनिक र व्यवस्थित जिमखाना ‘डाक्टर जिम’ (Doctor Fitness Club Pvt. Ltd.) सञ्चालनमा आएको छ।

नेपाल संवत् ११४६ बछलागाः औंसी, २०८३ जेठ २ गते शनिबारका दिन एक विशेष समारोहका बीच जिमको औपचारिक उद्घाटन गरिएको हो। समाजमा नयाँ र सकारात्मक सन्देश दिने उद्देश्यले यस क्लबको उद्घाटन कुनै विशिष्ट व्यक्तिबाट नभई ५ जना बालबालिकाहरूद्वारा गराइएको थियो। सान्नी जोशी, बिबान दुवाल, रेबिशा दुवाल, प्रशिश दुवाल र आयान दुवालले संयुक्त रूपमा रिवन काटेर ‘डाक्टर जिम’को शुभारम्भ गरेका थिए।

भक्तपुरका जुझारु युवाहरू विकास दुवाल, प्रविण दुवाल, चिरन जोशी र रवि सैजूको सामूहिक नेतृत्व र लगानीमा यो क्लब सञ्चालनमा आएको हो। अत्याधुनिक उपकरणहरू र लोभलाग्दो आधुनिक इन्टेरियर डिजाइन रहेको यस क्लबमा स्वास्थ्य र फिटनेसका लागि आवश्यक पर्ने सम्पूर्ण सुविधाहरू एकै छानामुनि उपलब्ध गराइएको छ।

क्लबले ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै निम्न चारवटा ब्रान्डअन्तर्गत सेवाहरू सञ्चालन गरेको छ:  Dr. Gym: अत्याधुनिक व्यायामशाला, Dr. Wellness: स्वास्थ्य र स्फूर्तिका लागि वेलनेस सेवा, Dr: Coffee: गुणस्तरीय कफीको स्वाद, Dr. Saloon: आधुनिक सैलुन सेवा एउटै छानामुनि चार फरक सेवाहरू।

‘ग्रान्ड ओपनिङ’को अवसरमा क्लबले विशेष छुट अन्तर्गत जिम मेम्बरसिपमा १५ प्रतिशत र वेलनेस प्याकेजहरूमा ३० प्रतिशत छुट प्रदान गरिएको छ। 

उद्घाटनकै अवसरमा सामाजिक उत्तरदायित्व पूरा गर्ने उद्देश्यले क्लबको हाताभित्रै रक्तदान कार्यक्रम समेत आयोजना गरिएको थियो।

शारीरिक व्यायामका साथै मानसिक र सामाजिक स्वास्थ्यलाई समेत प्राथमिकता दिँदै सञ्चालनमा आएको ‘डाक्टर जिम’ले भक्तपुरका बासिन्दाहरूलाई स्वस्थ जीवनशैली अपनाउन थप प्रेरित गर्ने सञ्चालकहरूले विश्वास व्यक्त गरेका छन्।

Share :