Card Image

मध्यपुर थिमि, जेठ २२ ।
मध्यपुर थिमि नगरपालिकाको आयोजनामा बालमैत्री स्थानीय शासन (CFLG) कार्यान्वयन अन्तर्गत बाल संरक्षणका सूचक तथा सरोकारवालाको भूमिकासम्बन्धी अन्तरक्रिया कार्यक्रम शुक्रबार मध्यपुर ब्याड्डेटमा सम्पन्न भएको छ।

ने.सं. ११४६ अनालागा पञ्चमी तथा २०८३ साल जेठ २२ गते आयोजित कार्यक्रममा नगर उपप्रमुख विजय कृष्ण श्रेष्ठ ले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नुभयो।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरे, सामाजिक विकास महाशाखा प्रमुख ज्ञानेन्द्र प्रसाद भट्ट, विभिन्न वडाका वडाध्यक्ष तथा जनप्रतिनिधिहरू, नेपाल प्रहरी थिमिका डीएसपी निशान थापा, प्रहरी अधिकृतहरू, प्रधानाध्यापक, समाजसेवी, सहकारीकर्मी, युवा क्लबका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।

Share :