११४५ चिल्लाथ्वः पारू, फागुन १६गते, शुक्रबार

मध्यपुर कानून व्यवसायी समाज (मध्यपुर वकिल समाज)काे प्रारम्भिक साधारण सभा शुक्रबार एक कार्यक्रमबीच सम्पन्न भयो । कार्यक्रमको माननीय डा. राजेन्द्र मान श्रेष्ठले पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गर्नुभएको थियो ।


मध्यपुर थिमि नगरपालिका क्षेत्रमा स्थायी बसोवास रहेको कानून व्यवसायीहरु विच पारस्परिक सम्मान तथा मैत्रीपूर्ण सम्बन्ध सुद्धढ बनाउन ,बरिस्थ अधिबक्ता दुर्गा मोहन श्रेष्ठको सभापतित्वमा गठित उक्त समाजमा उपाध्यक्ष अ. राजेन्द्र श्रेष्ठ, सचिव अ. राम सुन्दर श्रेष्ठ, सह सचिव अ सुनिल श्रेष्ठ, काेषाध्यक्ष अ. सानू लक्ष्मी गःसि, सदस्यहरू अ. विरेन्द्र भक्त प्रधानाणाग,अ. सरोज कुमार तु छे, अ.बाबु कृष्ण श्रेष्ठ, अ. सावित्री श्रेष्ठ,अ. शिवसुन्दर श्रेष्ठ, अ. सुमन श्रेष्ठ सदस्य, अ. फर्समाया देवी मगर र अ. रिया श्रेष्ठको रुपमा रहेका छन ।