११४५ चौलाथ्वः प्रतिपदा, चैत ३१ गते, आइतबार


हाम्राे कला, हाम्राे संस्कृति तथा परम्परागत मौलिक पहिचानको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले मध्यपुर थिमी नगरपालिका–४ स्थित निगु पुखुमा विशेष धिमे प्याख (धिमे नृत्य प्रस्तुति) कार्यक्रम भव्य रूपमा सम्पन्न गरिएको छ।
श्री राज गणेश धिमे ख:ल र नवरत्न लाइफ स्कुलको संयुक्त आयोजनामा तथा मध्यपुर थिमी नगरपालिकाको सहकार्यमा आयोजना गरिएको सो कार्यक्रममा झण्डै १५० जनाको उपस्थिति रहेको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा मध्यपुर थिमी नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठको उपस्थिति रहेको थियो।
धिमे सांस्कृतिक प्रस्तुतिसँगै विभिन्न विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको कार्यक्रममा परम्परागत धिमे नृत्यमार्फत नयाँ पुस्तामा परम्परागत कलाप्रति रुचि जगाउने विश्वास लिइएको छ।